महिला सामुदायिक स्वास्थ्य स्वय सेबिका दिवसमा स्वयम सेबिकाहरु सम्मानित

महिला सामुदायिक स्वास्थ्य स्वय सेबिका दिवसमा स्वयम सेबिकाहरु सम्मानित

कञ्चन
कञ्चन गाउपालिकाले ग्रामिण स्वास्थ्य क्षेत्रमा योगदान पुराएका १० जना माहिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई सम्मान गरेको छ ।कोभिड १९को रोकथाम र समृद्धिका लागि संयुक्त सहकार्य,महिला सामुदायिक स्वास्थ्य स्वयम सेबिकाको भुमिका अपरिहार्य नारा सहित मनाईएको १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वय सेबिका दिवसमा महिला स्वयम सेबिकाहरुलाई सम्मान गरिएको हो ।
सम्मानति हुनेहरुमा मिना राजकोटी,सुमित्रा बुढाथोकी,मिना थापा,योगमाया पुन,मनिषा चौधरी,ममता श्रीस,कल्पना सुबेदी,दिलमाया घर्तिमगर,गोमा घिमिरे र मिना कुमारी खडकाथोकी रहेका छन। सम्मानित महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई नगद र खादाले सम्मान गरिएको थियो ।
निस्वार्थ रुपमा सामुदायिक स्वास्थ्यमा जिवनभर स्वयमसेवी भावनाले सेवा गर्दै आइरहेका महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई सम्मान गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले महिला स्वास्थ्य स्वयम सेबिकाको ब्यबस्था नभएको भए सायद सामुदायिक स्वास्थ्य कमजोर हुने बताउनु भएको छ।महिला स्वास्थ्य स्वयम सेबिकाहरु समुदायको स्वास्थ्यमा गुणस्तरियता ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने असल र इमान्दार स्वास्थ्यकर्मी भएको उल्लेख गर्नु भएको थियो ।
उपाध्यक्ष गोमा तरामुले सुत्केरी महिलाहरुको प्रोत्साहनका लागि सुत्केरीसंग उपाध्यक्ष भेटघाट कार्यक्रम संचालन गरिएको र आमा र बच्चाको स्वास्थ्यलाई राम्रो बनाउन सुत्केरीसंग उपाध्यक्ष भेटघाट कार्यक्रममा आमा र बच्चाको लागि पोषणयुक्त खानेकुरा समेत उपहार स्वरुप दिने गरिएको बताउनु भएको थियो। जिन्दगीको महत्वपुर्ण समय समुदायको स्वास्थ्य सेवामा समर्पित भएर निस्वार्थ रुपमा काम गरेका महिला स्वास्थ्य स्वयम सेबिकाहरु स्वास्थ्य क्षेत्रका लागि मेरुदण्ड भएको उपाध्यक्ष तरामुले बताउनु भएको छ।
महिला स्वास्थ्य स्वयम सेबिका समन्वय समिति कञ्चनका अध्यक्ष पवित्रा आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेबिकाहरुको तर्फबाट राधा अस्लामी,स्वास्थ्यकर्माीहरुको तर्फबाट गजेडी स्वास्थ्य चौकीका इन्चार्ज गिताराम रिजालले ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा पुराई निस्वार्थ सेवा गरिरहेका स्वयम सेबिकाहरुको चर्चा गर्नु भएको थियो ।
स्वास्थ्य शाखाका सिनिय अ.हे.व सुरेन्द्र बास्तोलाको स्वागत तथा स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमको संचालनमा संचालित कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेबिकाहरु बिच कुर्ची दौड प्रतियोगिता संचालन गरिएको थियो भने उक्त प्रतियोगितामा खेमकला पौडेल प्रथम,अनिता के.सी. दोश्रो र ममता श्रीस तेश्रो हुनु भएको थियो ।कञ्चन गाउपालिकामा ५९ जना महिला स्वास्थ्य स्वयम सेबिकाहरु रहेका छन ।

प्रकाशित मिति : शनिबार, मंसिर २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij