ओली र प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल

ओली र प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद र सचिवालयमा पेस भएका प्रस्तावको विषयमा सामान्य छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गएको आइतबार प्रधानमन्त्रीको अनुपस्थिति विना नै बसेको स्थायी कमिटीको बैठकले सहमतिको लागि भन्दै सात दिनको समय छुट्याएको छ । सात दिनसम्म नेताहरूबीच औपचारिक र अनौपचारिक छलफल गर्ने, सचिवालय बस्ने र ओली र प्रचण्डले पेस गरेका प्रस्तावको बारेमा निष्कर्ष निकाल्न पहल गर्ने स्थायी कमिटीले निर्णय गरेको थियो ।

प्रकाशित मिति : बुधबार, मंसिर २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij