JanataToday.com

Advertisment

SKIP THIS

पश्चिम नवलपरासीमा दुई लाख ७१ हजार मुल्य बराबरको अवैध कपडा बरामद

पश्चिम नवलपरासीमा दुई लाख ७१ हजार मुल्य बराबरको अवैध कपडा बरामद

 नवलपरासी-जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुई लाख ७१ हजार २ सय मुल्य बराबरको अवैध कपडा बरामद गरेको छ । बुधबार भारतबाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ३३ रोलमा ६सय ७८ मिटर लेडिज सुरुवालको थान कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउंपालिका वडा नं।१ झरहीखोलाबाट बरामद गरेको जनाएको छ ।
उक्त कपडा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि कपडा फाली मोटरसाईकल सहित मानिस भागेका थिए । बरामद भएका कपडा आवश्यक कारवाहीको लागि आजै महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij