काठमाडाैं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरूद्ध सडकमा आउन कार्यकर्तालाई आह्वान गरेकाे छ ।
सरकारले कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचार लगायतका विराेधका लागि कांग्रेसले मंसिर २९ गते कार्यकर्तालाई सडकमा बाेलाएकाे हाे ।
कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले साे दिन ७७ वटै जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्ने तय गरेकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडककाे विषय पनि साे प्रदर्शनमा उठ्नेछ ।
यस्तै नेविसंघले मंसिर २८ गते अपरान्ह ४ बजे ७७ वटै जिल्लामा सरकारविरूद्ध सिठ्ठी फुक्ने भएको छ । नेविसंघ केन्द्रीय समितिले मंसिर २९ गते देशैभर कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुन समेत निर्देशन दिएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्