JanataToday.com

Advertisment

SKIP THIS

विश्वकप छनोट: नेपालले यी टीमसँग खेल्दैछ दशरथ रंगशालामा फुटवल

विश्वकप छनोट: नेपालले यी टीमसँग खेल्दैछ दशरथ रंगशालामा फुटवल

काठमाडौं – कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल सहित एसियाली देशको खेल तालिका सार्जजनिक गरेको हो ।

सन् २०२० मार्चमा हुने तय भएको खेल कोरोना भाइरस संक्रमणका कारण अक्टोबर–नोभेम्बरलाई सारिएको भएपनि स्थिति सुधार नहुँदा एएफसीले खेल स्थगित गरेको थियो । अब नेपालले बाँकी खेल मार्च र जुन महिनामा खेल्ने भएको छ । छनोट अन्तर्गत ५ खेलमा १ जित र ४ हार बेहोरेको नेपालले ३ खेल खेल्न बाँकी छ । अब यी तीन खेलहरु काठमाडौंको दशरथ रंगशालामा हुनेछ ।

एएफसीले नेपाल र चाइनिज ताइपेइको खेल २५ मार्च २०२१ (चैत्र १२ २०७७) को लागि तोकेको छ । नेपालले ३० मार्चमा (चैत्र १७) अष्ट्रेलियासँग खेल्नेछ भने अन्तिम खेलमा नेपालले जोर्डनको सामना गर्नेछ । उक्त खेल ७ जुन २०२१ मा (२४ जेठ २०७८) हुने एएफसीले जनाएको छ ।

नेपालले विश्वकप छनोटमा एकमात्र जित चाइनिज ताइपेइको मैदानमा २–० को जित दर्ता गरेको थियो । उक्त खेलमा दुवै गोल अन्जन विष्टले गरेका थिए । नेपालले पछिल्लो पटक कुवेतविरुद्ध खेलेको थियो । रंगशाला खेल्न योग्य नहुँदा भुटानमा भएको उक्त खेलमा नेपाल १–० ले पराजित भएको थियो । समूह बी मा रहेको नेपाल हाल अंक तालिकाको चौथो स्थानमा छ ।
यता राष्ट्रिय टोलीले आइतबारदेखि विश्वकप छनोटलाई लक्षित गरेर तयारी सुरु गर्दैछ । एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गत साता गरेको थियो । प्रमुख प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि हाल बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निभाएका छन् ।

प्रकाशित मिति : शनिबार, मंसिर २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij