JanataToday.com

Advertisment

SKIP THIS

उखु किसान फेरि आन्दोलनमा : अब पुरा रकम लिएर मात्रै फर्कने !

उखु किसान फेरि आन्दोलनमा : अब पुरा रकम लिएर मात्रै फर्कने !

काठमाडाैं – सरकारले बक्याैता भुक्तानीमा गाम्भीर्यता नदेखाएपछि उखु किसानहरु फेरि आन्दोलित बनेका छन् । हिजाे काठमाडाैं आएका किसानहरूले आज (आइतबार) माइतीघर मण्डलामा रिले अनशन सुरू गर्दैछन् ।

अब रकम लिएर मात्रै फर्कने उखु किसान संघर्ष समितिका संयाेजक राकेश मिश्रले जानकारी दिए । उनले भने, ‘हामी अब पुरै बक्याैता रकम लिएर मात्रै फर्कन्छाैँ । रकम प्राप्त नभएसम्म आन्दोलन जारी राख्नेछौँ ।’

गत वर्षकाे माघमा पनि किसानहरूले काठमाडाैं आएर माइतीघरमा प्रदर्शन गरेका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेपछि उनीहरू आ–आफ्नो घर फर्किएका थिए । सहमति भएकाे एक वर्ष पुगिसक्दा पनि सरकारले माग सम्बाेधन नगरेपछि उनीहरूले छठसम्मकाे अन्तिम समय दिएका थिए । ताेकिएकाे पछिल्लाे मितिसम्म पनि सहमति कार्यान्वयन नभएपछि उनीहरू पुनः आन्दोलनमा जुटेका हुन्।

प्रकाशित मिति : आइतबार, मंसिर २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij