अख्तियारका पूर्व आयुक्त दीप बस्न्यात पूर्पक्षका लागि थुनामा

अख्तियारका पूर्व आयुक्त दीप बस्न्यात पूर्पक्षका लागि थुनामा

ललिता निवास जग्गा प्रकण

काठमाडौं – विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यात बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दामा परेका बस्न्यात आइतबार विशेष अदालतमा उपस्थित भएका थिए । अदालत उपस्थित भएका उनलाई विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले थुनामा पठाउन आदेश दिएको प्रवक्ता एवं उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

पूर्वआयुक्त बस्न्यातले बालुवाटार स्थित सरकारी जग्गा व्यक्तिलाई बिक्री गर्ने कार्यमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै आइरहेका छन् । दीपविरुद्ध अख्तियारको पूर्वप्रमुखका रूपमा नभई त्यसअघि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिवका रूपमा रहँदा ललिता निवासको सार्वजनिक तथा राजकुलोको जग्गा नक्कली मोहीलाई वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर भ्रष्टाचार गरेको आरोप लागेकाे छ ।

०७२ चैत १९ मा अख्तियारको आयुक्त नियुक्त भएका बस्न्यात ०७४ जेठ ८ मा प्रमुख आयुक्त बनेका थिए । उनले ०७४ माघ २८ मा अवकाश पाएका थिए । आफ्नै पूर्वप्रमुखविरुद्ध अख्तियारले मुद्दा चलाएको यो पहिलो घटना हो ।

ललिता निवास जग्गा प्रकरणमा बस्न्यातसँगै १७५ जना विरूद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij