काठमाडौं – बालुवाटारमा जारी संवैधानिक परिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका छन् ।
आजै दिउसो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले साँझ परिषद्को बैठक डाकेका थिए । परिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शीतल निवास गएका हुन् ।
संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री र राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ । परिषद्का बहुमत सदस्यको उपस्थितिमा परिषद्को बैठक सक्ने गरी ल्याइएको अध्यादेशले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै सत्ता पक्ष र प्रमुख प्रतिपक्षले समेत विरोध जनाएका छन् ।
विभिन्न संवैधानिक निकायमा रिक्त रहेका ४५ सदस्य पदपुर्ति गर्न आज विहान डाकिएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका थिए । अध्यादेश पछि बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै सभामुखको पनि अनुपस्थिति छ । बैठकले कुनै ठोस निर्णय भने नगरेको बालुवाटार श्रोतले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्