काठमाडौं – चीनको बुहानबाट फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशैभर कडाइका साथ लकडाउन गरेको थियो । लकडाउन अहिले भने पूर्ण रुपले खुलिसकेको छ ।
कोरोनाको उच्च जोखिम हुने क्षेत्र भएकाले पनि चलचित्र क्षेत्रलाई सरकारले लकडाउन हुनुपूर्व नै प्रतिबन्ध लगाएको थियो । लकडाउन अगाडि नै चलचित्र क्षेत्रमा लागेको ताल्चा भने हालसम्म पनि नखुल्दा चलचित्रकर्मीहरु नै मारमा परेका छन् ।
सबै व्यापार व्यवसाय खुलिसक्दा पनि सरकारले नेपाली चलचित्र क्षेत्र खुलाउने विषयमा भने कुनै चासो देखाएको छैन ।
चलचित्रकर्मीहरु मारमा परेतापनि चलचित्रलाई भने सरकारले सौतेनी आमाको जस्तो व्यवहार गरिरहेको छ । करोडौं लगानी गरेर रिलिजको तयारीमा रहेका चलचित्रहरु रोकिइरहेका छन् भने यता निर्माताहरु दोहोरो मारमा परेका छन् । १० महिनासम्म हल बन्द गर्नुपर्दा ब्यहोर्नुपर्दाको लेखाजोखा नभएकोप्रति हल व्यवसायीहरु आक्रोशित छन् ।
चलचित्र क्षेत्रमा आश्रित सयौं मजदुरहरुको रोजीरोटी खोसिएको छ । यद्यपि अब भने चलचित्र क्षेत्र विस्तारै चलायमान हुने संकेत देखिएको छ । आउँदो १० पुषबाट देशैभरीका चलचित्र क्षेत्रहरु खुल्ने भएका छन् । त्यस्तै छायाँकनका क्रममा रहेका चलचित्र र लकडाउनपूर्व छायाँकन शुरु भइ बीचैमा रोकिएका चलचित्रहरु पनि छायाँकन शुरु हुँदैछन् ।
चलचित्र छायाँकनको लागि सरकारले अनुमति नदिए पनि दसैंदेखि भने केही मात्रामा चलचित्र छायाँकन हुन थालेका छन् । मंगलबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र छायाँकन खुल्ला गर्ने निर्णय गरेको छ । तर, मन्त्रिपरिषद् बैठकले शर्तसहित छायाँकन गर्ने अनुमति दिएको हो । निराशाले भरिएको चलचित्र क्षेत्रका मजदुर र चलचित्रकर्मीहरुको मुहारमा अब भने आशाको दियो बलेको छ ।
प्रकाशित मिति : बुधबार, पुष १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्