काठमाडौं । संसदको विशेष अधिवेशनको माग गर्दै नेकपा नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।
भीम रावल, पम्फा भुसाललगायतका नेताहरु संसदको विशेष अधिवेशनको माग गर्दै शीतल निवास पुगेका हुन् ।
खासगरी मंगलबार प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी अध्यादेश जारी गराएपछि विरोध चर्किरहेको बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संसदको विशेष अधिवेशनको माग गरेका हुन् ।
गत २१ मंसिरबाट शुरु भएको नेकपा स्थायी कमिटी बैठकको आज तेस्रो छलफल चल्दैछ । आजको बैठकमा पूर्वनिर्धारित कार्यसूचीलाई भन्दा जारी अध्यादेशलाई केन्द्रमा राखेर प्रस्तुत हुने नेकपा नेताहरुको तयारी छ ।
प्रकाशित मिति : बुधबार, पुष १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्