रुपन्देहीको ओमसतियामा स्कारपियो र अटोरिक्सा एक आपसमा ठोक्किदा तीन जना घाइते

रुपन्देहीको ओमसतियामा स्कारपियो र अटोरिक्सा एक आपसमा ठोक्किदा तीन जना घाइते

भैरहवा

रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्बर ४ को वडा कार्यालय नजिकै आज बिहान सवारी साधन  दुर्घटना हुदा तीन जना घाइते भएका छ्न । इलाका प्रहरी कार्यालय बेलहीयाका अनुसार हुलाकी सडक खण्ड अन्र्तगत ओमसतिया गाउपालिका वडा नम्बर ४ मा  पश्चिम नवलपरासीको परासीबाट आउदै गरेको  बा १८ च १८४२  नम्बरको स्कारपियो र  भैरहवादेखि सिलौटीया मेला जादै गरेको  लु १ ह १३३६ नम्बरको अटोरिक्सा एक आपसमा ठोक्किदा तीन जना घाइते भएका हुन ।  घाइते हुनेमा  अटो रिक्सामा सवार दोलखा जिल्ला बस्ने ४३ बर्षिय काजीमान श्रेष्ठ, सोहि ठाउमा बस्ने ५० बर्षिय शुक कुमार तामांग र कंचनपुर जिल्ला बस्ने बर्ष ४० को अनुष तिवारी घाइते भएको इलाका प्रहरी कार्यालय बेलहीयाले जनाएको छ । घाइते मध्ये २ जनाको भिम अस्पताल भैरहवा र एक जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, पुष ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij