JanataToday.com

Advertisment

SKIP THIS

कञ्चनको निश्चल लगायत ७ सहकारीहरुद्वार अनुदानको रासायनिक मलको बिक्री बितरण शुरु

कञ्चनको निश्चल लगायत ७ सहकारीहरुद्वार अनुदानको रासायनिक मलको बिक्री बितरण शुरु

कञ्चन
कञ्चनमा संचालित निश्चल कृषि सहकारी संस्था लिमिटेड,कञ्चन ४,अस्नैया रुपन्देही लगायत ७ सहकारीहरुले गत पुष १ गते देखि नेपाल सरकाद्वारा अनुदानमा उपलब्ध गराउने रासायनिक मलको बिक्री बितरण गरेको छ। कञ्चन गाउपालिकाको स्थानिय तह मल बतिरण ब्यबस्थापन समितिको निर्णय अनुसार कञ्चन गाउपालिकामा नेपाल सरकारद्धारा कृषकको लागि बितरण गरिने अनुदानको मल बिक्री बितरणका लागि छनौट भए पछि कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाबाट रासायनिक मल बिक्रेतामा सुचिकृत भए पश्चात कम्पनीबाट अनुदानको मल ल्याईती सहकारीहरुले बिक्री बितरण गरेको हो ।
निश्चल कृषि सहकारी संस्था लिमिटेडले नेपाल सरकारद्वारा बितरित अनुदानको मल बिक्री बितरण गर्न आयोजना गरिएको कार्यक्रममा कञ्चन गाउपालिका वडा नं। ४ वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले कञ्चन गाउपालिका वडा नं। ४ का किसानहरुलाई अनुदानको मल बिक्री बितरण गरिनु पर्ने बताउनु भएको छ। कञ्चनमा देखिएको रासायनिक मलको अभावलाई न्युन गर्न कञ्चन गाउपालिकाले स्थानिय तह मल बितरण ब्यबस्थापन समिति मार्फत निश्चल कृषि सहकारीलाई पनि छनौट गरिएको बताउदै गुनासो रहित बिक्री बितरण गर्नु पर्ने सुझाव दिनु भएको छ।
संस्थाका कार्यसमितिका पदाधिकारी,लेखा समितिका संयोजक तथा वडा नं। ४ का किसानहरुको समेत उपस्थिती रहेको कार्यक्रममा किसानहरुले समयमै मलको ब्यबस्थापन गरी मल उपलब्ध गराउन आग्रह गरेका थिए भने संस्थाका लेखा समितिका संयोजक ठाकुर सुनारले कञ्चन ४ का किसानहरुले रासायनिक मलको अभावमा छिमेकी देश भारतबाट चोरी निकासी गरेर ल्याइएको गुणस्तर हिन मल प्रयोग गर्नु परिरहेको अवस्थामा निश्चललाई पनि छनौट गरी नेपाल सरकारद्वारा बितरण हुने अनुदानको रासायनिक मलको बिक्रेताको रुपमा सुचिकृत हुन सहयोग गर्ने गाउपालिकामा रहेको स्थानिय तह मल बितरण ब्यबस्थापन समितिका पदाधिकारी,कृषि शाखाका कर्मचारी र जनप्रतिनीधिहरुलाई धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो ।
कञ्चनमा साना किसान सहकारी संस्था लिमिटेड,कञ्चन१,नमस्ते बचत तथा ऋण सहकारी संस्था,कञ्चन १,श्रमभुमि कृषि सहकारी संस्था,कञ्चन १,जनसुधार स्वालम्वन बचत तथा ऋण सहकारी संस्था,कञ्चन३,मुनाल कृषि सहकारी संस्था,कञ्चन ३,निश्चल कृर्षि सहकारी संस्था,कञ्चन ४ र मौलाकाली कर्षि सहकारी संस्था,कञ्चन५ ले नेपाल सरकारद्वारा अनुदानमा बितरण गर्ने रासायनिक मल आधिकारिक रुपमा बिक्री बितरण शुरु गरेको हो ।

प्रकाशित मिति : शनिबार, पुष ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij