JanataToday.com

Advertisment

SKIP THIS

फूलबारी बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

फूलबारी बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल

फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेड बुटवलको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बुटवल १ मा मुख्य कार्यालय रहेको सहकारीले सेयर सदस्यहरुको भौतिक र भर्चुअल सहभागितामा साधारण सभा सम्पन्न गरेको हो ।सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न उक्त साधारणसभामा संस्थाका अध्यक्ष श्री चन्द्रमणी भण्डारी ले नेपालको संविधानमा आर्थिक विकासको ३ खम्बे नीतिमा सहकारीलाई एक खम्बाको रुपमा राखेको हुनाले अब नेपाल सरकारको नीति अनुसार सहकारीले सदस्यहरुको आर्थिक विकास , सामाजिक विकास र सांस्कृतिक विकासको निमित्त कार्य गर्नु आवश्यक छ भन्दै सहकारीको संख्यात्मक बृद्धि भए अनुसार यसको गुणात्मक विकास हुन पनि जरुरी छ भन्नुभयो । उहाँले स्थानीय समुदायमा आधारित हाम्रो यस संस्थाले शेयर पूँजी बृद्धि गर्ने तथा शेयर सदस्यहरुलाई सरल र सूलभ तरिकाबाट ऋण लगानी गर्ने बताउनुभयो । साधारणमा संस्थाका सचिव रोशन पाण्डेले वार्षिक कोषाध्यक्ष लोकेन्द्र कृष्ण श्रेष्ठ आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक ऋषीकेश शर्माले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । प्रतिवेदनमाथि सदस्यहरुले सुझाब दिदै सर्वसहमतीमा पारित गरीयो । साधारण सभामा मन्तव्य व्यक्त गर्दै संस्थाका सल्लाहकारहरु प्रेम बहादुर फौदार, टंक प्रसाद गैरे, रुक्मागत पाण्डेले सहकारी संस्थाहरुले सहकारी सिद्धान्त , नीति , विधि र प्रविधिलाई आत्मसात गरी शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने बताउनुभयो । फुलबारी सहकारीका अध्यक्ष चन्द्रमणी भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष पुष्कर बहादु कार्की को स्वागत रहेको कार्यक्रमको संचालन सचिव रोशन पाण्डेले गर्नु भएको थियो ।

प्रकाशित मिति : आइतबार, पुष ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij