लुम्बिनी प्रदेश सरकार अल्पमतमा

लुम्बिनी प्रदेश सरकार अल्पमतमा

बुटवल

प्रधानमन्त्री केपि शर्मा ओलीले आइतबार संघीय संसद बिघटन संगै अहिले लुम्बिनी प्रदेशमा पनि सत्ता समिकरणको जोडघटाउ सम्बन्धि चर्चा सुरु भएको छ । यो प्रदेशमा नेकपाको दुइ तिहाइ बहुमतको सरकार छ । ८७ जना सांसद मध्ये चुनावी गठबन्धनबाट नेकपाका ६१ जना बिजयी भएका हुन । ती मध्ये पुर्व एमालेका ४१ जना हुन । पुर्व माओवादीका २० जना छन । बहुमतकालागि यो प्रदेशमा ४४ सांसद चाहिन्छ । पुर्व माओवादीले साथ छोडदा त्यो संख्या ४० हुन्छ । प्रदेशमा काँग्रेसका १९,जनता समाजवादीका ६ र राष्ट्रिष्य जनमोर्चाका एक जना सांसद छन ।

सभामुख बाहेक पुर्व माओवादीका केही सांसद गृहमन्त्री बादल पक्षधर पनि छन । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केशी सहितका केही सांसद बादल खेमाका भनेर चिनिन्छन । तर बाँकेका सांसद (पुर्व माओवादी) इन्द्रप्रसाद खरेलले भने प्रम ओलीले जनताले संघर्ष गरेर आएको व्यवस्था माथि धावा बोलेकाले सो कदम बिरुद्ध पुर्व माओवादीका सांसदहरु एकजुट रहेको दावी गरे । ‘हामी पुर्व माओवादीको कित्ताले कुनैपनि हालतमा प्रम ओलीको कदमको सर्पोट नगर्ने एक प्रकारको कुराकानी भइसकेको छ’ सांसद खरेलले भने । खरेलले प्रम ओलीको असंवैधानिक कदमको पृष्टपोषण गरेर मुख्य मन्त्री शंकर पोखरेलले समेत गम्भिर गल्ती गरेको बताए । म त उहाँलाइ (मुख्यमन्त्रीलाइ) सच्चिन आग्रह गर्छु, अहम दम्भ र घमण्डको पछि नलाग्नुस प्रदेशका जनताको बारेमा सोच्नुस’ सांसद खरेलले भने ।

खरेलले भने जस्तै अहिलेको अवस्थामा पुर्व माओवादीले छोड्दा पोख्रेल नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ । त्यसका बाबजुद यो प्रदेशमा माधव कुमार नेपाल खेमाका १२ जना सांसद रहेको पुर्व एमालेकै सांसदहरुको दावी छ । ‘प्रम ओलीले आफनो असक्षमता लुकाउन चाल्नुभएको कदमलाइ हामीले सर्पोट गर्न सक्दैनौ किनकी त्यो असंवैधानिक छ’ पुर्व एमालेकै एक जना सांसदले भने । ती सांसदले पार्टी फुटको अवस्थामा गए प्रदेश सरकार अल्पमतमा पर्ने निश्चित रहेको दवी पनि गरे ।

प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीलेपनि अहिले प्रदेश सरकार धरापमा रहेको प्रतिक्रिया दिए । संघीय संसद बिघटनका सम्बन्धमा भने उनले कुनै प्रतिक्रिया दिएनन । ‘त्यसबारेमा अहिलेलाइ मेरो कुनै प्रतिक्रिया छैन तर प्रदेश सरकार धरापमा परेको चाँही सत्य हो’ मन्त्री चौधरीले भने ।

प्रदेश सरकार अल्पमतमा पर्ने पुर्वानुमान सगै पुर्व माओवादी, माधवकुमार नेपाल खेमा, काँग्रेस र जसपा मिलेर सरकार बनाउन सक्ने सम्भवना रहेको अलडक बाजीहरु पनि गर्न थालिएको छ । तर नेपाली काँग्रेसको लुम्बिनी प्रदेश संसदिय दलका नेता बिरेन्द्रकुमार कनौडीयाले बिकसित राजनीतिक घटनाक्रम अनुरुप रणनीति बनाउने बताए । ‘एकदुइ दिनको राजनीति अवस्थालाइ नियालेर हामीले आफनो रणनीति बनाउनेछौ’ नेता कनौडीयाले भने । केन्द्रको समिकरणले प्रदेशमा प्रत्यक्ष असर गर्ने उनको भनाइ छ । सरकार अल्पमतमा पर्ने निश्चित भएपछि मुख्य मन्त्री पोखरेलले सत्ता समिकरणकालागि जसपाको केन्द्रिय नेतृत्वसंग कुराकानीको प्रयास गरीरहेको चर्चा पनि अहिले प्रदेशमा चलेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल नेकपाका स्थायी समिति सदस्य हुन । उनी प्रम ओलीको सुरक्षा कवजकै रुपमा कहलीएका छन । ओलीको संसद बिघटनको पक्षमा पनि उनले आइतबारै अविश्वासको प्रस्ताव दर्ताको चलखेल रोक्न चालीएको बाध्यात्मक कदम भन्दै ओलीको कदमको बचाउ गरेका थिए ।

त्यसबाहेक तत्कालिन माओवादी र माधव कुमार नेपाल खेमाका सांसदहरुले प्रम ओलीको कदमको खुलेरै बिरोध गरीरहेका छन । तर ओली निकट सांसदहरुले संसद बिघटनको बिरोध नगरेपनि खुलेर सो कदमको पक्षमा प्रतिक्रिया दिन भने सकेका छैनन ।

 

प्रकाशित मिति : सोमबार, पुष ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij