काठमाण्डौ – संसद् विघटनको निर्णय खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले संसद् विघटनको निर्णय खारेज गरेर संसद् सक्रिय रहेको आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
नेकपाका एक सय १४ जनाको नामबाट सांसद सर्वोच्च जाने तयारी भए पनि सबैको नागरिकता र हस्ताक्षर जुटाउन समय लाग्ने भएकाले चार जना मात्रै सर्वोच्चमा पुगेर रिट दर्ता गराएको नेतृ रामकुमारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार संसद् विघटन गरेर २०७८ सालको वैशाख १७ र २७ गते चुनाव गर्नको लागि स्वीकृति दिइसक्नुभएको छ ।
संसद् विघटन गर्ने निर्णयको विरुद्धमा सर्वोच्चमा एक दर्जनभन्दा धेरै रिट दर्ता भएका छन् ।
प्रकाशित मिति : मंगलबार, पुष ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्