JanataToday.com

Advertisment

SKIP THIS

दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता २०७७ विहिबारदेखि बुटवलमा  हुने

दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता २०७७ विहिबारदेखि बुटवलमा  हुने

बुटवल

दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता २०७७ विहिबारदेखि बुटवलमा  हुने भएको छ । फूलबारी गाईजको आयोजनामा हुने दुई दिने प्रतियोगिताको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले बताएको हो ।

लुम्बिनी फुटसल एरिया योगिकुटीमा हुने प्रतियोगितामा मुग्लिङ, पाल्पासहित जिल्लाका उत्कृष्ट १८ टिमको सहभागिता रहने संयोजक सुशील तामाङले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार, मेडल, ट्रफि र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार गरिने उनले बताए । विहिबार उद्घाटन खेल लाफा एफसी, बुटवल र हिमालय गोर्खा एफसी, खैरेनी का बिचमा हुने छ ।

क्लबका अध्यक्ष शिव रानाले खेलकुदको माध्यमबाट युवाहरु बिचमा भातृत्ब र एकता कायम गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको बताए । कार्यक्रममा क्लबका सल्लाहकार वरिष्ठ हसन्त लामाले कोभिड १९ का कारण मानसिक र शारिरिक पिडामा रहेका खेलाडीहरुलाई प्रतियोगिताबाट खेलमा फर्कन सहयोग मिल्ने बताए।

कार्यक्रममा क्लबका सल्लाहकार याम बराल, सन्जु बस्नेत, सचिव तेज बहादुर रानाले युवाहरुको अगुवाईमा खेलकुद र सामाजिक काममा अग्रसर रहेको बताए । प्रतियोगिता सम्पन्न गर्न २ लाख १५ हजार खर्च अनुमान रहेको छ । गतवर्ष स्मृति स्पोर्ट्स एकेडेमीले उपाधि चुमेको थियो ।

प्रकाशित मिति : बुधबार, पुष ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij