काठमाण्डौ – कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार (भोलि) बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको समीक्षासहितका एजेण्डामा छलफल गरेर धारणा बनाउन मङ्गलबार (हिजो) देखि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको हो ।
बुधबार गगन थापा, बलबहादुर केसी, आनन्द ढुङ्गाना र रामशरण महतले धारणा राखेका छन् । बैठकमा बोल्ने सदस्यले सरकारको कदमको खुलेरै विरोध गर्नुपर्ने र यो विषयमा नेपाली कांग्रेस भित्रबाट फरक मत आउन नहुनेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकको दोस्राे दिन बुधबारको बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले संसद् विघटनको कदमको प्रतिरोध गर्ने जानकारी दिनुभएकाे छ ।
कांग्रेस पदाधिकारीको बैठकले यसअघि नै सरकारको कदमलाई सर्वसत्तावादी सोचको संज्ञा दिँदै विरोध जनाइसकेको छ ।
यस्तै सर्वदलीय बैठकमा पनि कांग्रेसले संसद् विघटनको विरुद्धमा सङ्घर्ष गर्न सहमति जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पुष ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्