काठमाण्डौ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर संसद् विघटनको विरोधमा आन्दोलन गर्ने भएको छ । संसद् विघटनको विरुद्धमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमै विरोधका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।
केन्द्रीय कार्यालय सानेपामा अहिले पनि केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकमा नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मङ्गलबारदेखि सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गर्नुभएसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ ।
संसद् विघटनको घोषणापछि नेकपा औपचारिक रूपमै दुई समूहमा विभाजित भएका छन् ।
प्रकाशित मिति : बिहिबार, पुष ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्