बुटवल-नेपाली काँग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन शुरु गरेकाे छ । काँग्रेसले संसद बिघटन गर्ने सरकारको कदमविरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शनको आयोजना गरेको हो ।
काँग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गर्दै आएको छ ।
नेपाली काङ्ग्रेस रुपन्देहीले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनको विरुद्धमा आज बिरोधसभा शुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ को धकधइमा, निर्वाचन क्षेत्र नम्बर २ को बुटवलमा, क्षेत्र नम्बर ३ को भैरहवामा , निर्वाचन क्षेत्र नम्बर ४ को मझगावामा र ५ नम्बरको सालझण्डीमा बिरोध सभाको आयोजना गरिएको सभापति अब्दुल रज्जाकले नागरिक अनलाइनलाइ बताए ।
सम्पुर्ण काङ्ग्रेस कार्यकर्ता एवम सर्वसाधारणलाइ बिरोधसभामा सहभागी हुन सचिब रामकृष्ण खाँणले आग्रह गरेका छन ।
कस्ले कहाँ सम्बाेधन गर्दैछ ?
सभापति शेरबहादुर देउवा– भक्तपुरको मध्यपुर थिमी
वरिष्ठ नेता रामचन्द्र पौडेल– तनहुँ
महामन्त्री डा. शशांक कोइराला–नवलपुर
पूर्व महामन्त्री प्रकाशमान सिंह –काठमाडौं, नयाँ बानेश्वर
प्रवक्ता विश्वप्रकाश शर्मा – काठमाडौं, कोटेश्वर
केन्द्रीय सदस्य नवीन्द्रराज जोशी – काठमाडौं, बसन्तपुर
केन्द्रीय सदस्य गगन थापा– नेपालगञ्ज
केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँण- रुपन्देही, भैरहवा ।
भैरहवाको बिरोधसभामा काङ्ग्रेस नेता तथा प्रमुख सचेतक बालकृष्ण खाँणले सम्बाेधन गर्दैछन् ।यता बुटवलमा पनि बिराेध प्रदर्शन शुरु भएको छ । अस्पताललाइनबाट बिराेध र्याली सहित बजार परिक्रमा गरेर ट्राफिकचाेकमा आमसभा हुने काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेयले बताए ।
प्रकाशित मिति : सोमबार, पुष १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्