JanataToday.com

Advertisment

SKIP THIS

अमरज्योति सहकारी संस्था लिको १२ औं वार्षिक साधारण सभा सम्पन्न

अमरज्योति सहकारी संस्था लिको १२ औं वार्षिक साधारण सभा सम्पन्न

बुटवल

रूपन्देहीको बुटवल–११ मा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा आज (शनिबार) बुटवलमा सम्पन्न भयो । स्वास्थ्य–सुरक्षा सतर्कताका कारण प्रतिनिधिमुलक रूपमा भएको साधारण सभाले छिमेकी संस्था क्षितिज सहकारीसँग समायोजन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले अबका दिनमा बचत र ऋण लगानीसँगै आफ्ना विशिष्ट सेवा तथा उत्पादन पनि सहकारीले सञ्चालन गर्नुपर्ने बताए । साथै, त्यसका लागि ठूला आकारका सहकारीमा परिणत गर्न समायोजन सहज र उपयुक्त विकल्प हुनेमा जोड दिएका थिए ।

संस्था सचिव कृष्णप्रसाद पौड्यालको सञ्चालन र उपाध्यक्ष केशवराज पोखरेलको स्वागतमा भएको साधारण सभामा बुटवल उपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर खनाल, क्षितिज सहकारीका अध्यक्ष विष्णुप्रसाद बस्याल, शुभागमन सहकारीका अध्यक्ष हरिप्रसाद पौडेल, सल्लाहकार लोकनाथ उपाध्याय, संस्थापक अध्यक्ष मिनराज ज्ञवाली, शेयर सदस्यहरूका तर्फबाट दुर्गा आचार्य लगायतले बोल्नुभएको थियो ।

सञ्चालक समितिका तर्फबाट अध्यक्ष टंकनाथ अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक तुल्सा शर्मा ज्ञवाली र कोषाध्यक्ष लक्ष्मणप्रसाद ज्ञवालीले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।

प्रकाशित मिति : शनिबार, पुष १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij