पड्सरी
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टरले आयोजना गरेको मैत्रिपुर्ण क्रिकेट प्रतियोगिताको उपाधी शिखर इन्स्योरेन्सले जितेको छ । रुपन्देहीको पड्सरी आधारभुत विद्यालयको खेलमैदानमा भएको मैत्रिपुर्ण प्रतियोगितामा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीलाई ७ रनको अन्तरले पराजीत गर्दै शिखर इन्स्योरेन्सले उपाधी जितेको हो । प्रतियोगीतामा उपाधी बिजेता शिखरले निर्धारित ३ ओभरको खेलमा रिलायबल इन्स्योरेन्स कम्पनीलाई ४७ रनको बिजय लक्ष्य दिएको थियो । जवाफि ब्याटिङ्गमा उत्रिएको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले निर्धारित ओभरमा ४० रन मात्र जोडेपछि उपाधी शिखरले जितेको हो । शिखरका लागीे सर्वाधिक रन तथा विकेट लिदै सामोद पौडेलले म्यान अफ दि म्याच र म्यान अफ दी सिरिजको उपाधी प्राप्त गरेका छन् । उनले प्रतियोगीता भरी व्यत्तिगत १२६ रन जोड्दै ४ विकेट लिएका थिए । नकआउट चरणमा भएको प्रतियोगीतामा शिखरले पहिलो खेलमा हिमालयन जनरल इन्स्योरेन्सलाई ६७ रनको फराकिलो अन्तर तथा प्रिमियर इन्स्योरेन्सलाई ७ रन र एन.एल.जी इन्स्योरेन्स कम्पनीलाई ३ रनले पराजीत गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै प्रतियोगीताको उपविजेता रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो खेलमा लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई समान ६ विकेट तथा नेको इन्स्योरेन्सलाई ५ विकेटले पछि पार्दै फाइनलको लागी यात्रा तय गरेको थियो । साबिक लुम्बिनि अंचल भित्र संचालनमा रहेका विभिन्न इन्स्योरेन्स कम्पनीहरुमा कार्यरत कर्मचारीहरुका बीचमा आयोजना गरिएको मैत्रिपुर्ण प्रतियोतिमा १२ वटा कम्पनीको सहभागीता रहेको निप्स लुम्बिनी च्यापटर सचिव किरण काफ्लेले जानकारी दिनु भयो ।
प्रकाशित मिति : शनिबार, पुष १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्