काठमाण्डौ – नेपाल पूर्वाधार बैंकको आईपीओ माघ २ गतेदेखि खुल्ने भएको छ ।
धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्टारको कार्यालय र म्युचल फन्डसँगको सबै स्वीकृति र प्रक्रिया पूरा भएकाले माघ २ गतेदेखि आईपीओ खुल्ने बैंकका प्रवक्ता सुवर्णसिंह नेपालले उज्यालोलाई जानकारी दिनुभयो । यसका लागि भोलि ९मङ्गलबार० नै आह्वान पत्र प्रकाशित गर्ने उहाँको भनाइ छ ।
बैंकलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते अनुमति दिएको थियो । आईपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी १२ अर्बबाट बढेर २० अर्ब पुग्नेछ ।
आठ करोड कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचल फण्डको लागि र शून्य दशमलव २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर बैंकका कर्मचारीको लागि छुट्याइएको छ । बाँकी सात करोड ५९ लाख ८४ हजार कित्ता शेयर सर्वसाधारणले पाउने छन् ।
नेपालमा अहिले सरदर १२ लाखले आईपीओ भर्ने गरेकाले पूर्वाधार बैंकको आईपीओ भर्ने जति सबैलाई पर्नेछ ।
प्रकाशित मिति : सोमबार, पुष २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्