JanataToday.com

Advertisment

SKIP THIS

ग्लोबल आवाजको आयोजनामा प्रथम टेन स्टिल्स् मिडिया कप फुटसल हुंदै

ग्लोबल आवाजको आयोजनामा प्रथम टेन स्टिल्स् मिडिया कप फुटसल हुंदै

विश्वव्यापी कोभिड–१९ महामारीले लामो समय गतिविधि सुन्य भएको अवस्थामा सञ्चारकर्मीहरु बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ । रुपन्देहीका सञ्चारकर्मी र सञ्चारगृहहरु बीच आपसी सद्भाव तथा मैत्री सम्बन्धका लागि ‘प्रथम टेन स्टिल्स फुटसल–२०७७’ आयोजना हुने भएको हो । ग्लोबल सञ्चार गृहद्वारा सञ्चालीत ग्लोबल आवाजको आयोजनामा आगामी माघ ३ गते रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा मैत्रीपूर्ण प्रतियोगिता हुने भएको हो । कोरोना महामारीका बीच पनि जोखिम मोल्दै निरन्तर सूचना संकलन गर्ने सञ्चारकर्मीहरुलाई मानसिक र शारीरिक रुपमा स्फूर्त बनाउन टेवा पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सञ्चार गृहका प्रवन्ध निर्देशक गौतम भुसालले बताए । रोटरी क्लब अफ रुपन्देही सह आयोजक रहेको प्रतियोगितामा टेन स्टिल्स प्रा.लि.को मूख्य प्रायोजन तथा हाई लाइफको सह प्रायोजन रहेको उनले जानकारी गराए । प्रतियोगिता बारे जानकारी गराउन मँगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बैंकिङ पार्टनर साइन रेसुङ्गा बैंक लिमिटेड तथा मिडिया पार्टनरहरु बुटवल टुडे दैनिक र राज्य टेलिभिजन रहेको जानकारी गराए ।प्रतियोगिता बारे बोल्दै अनलाइनका सम्पादक एन.बी. कंडेलले महामारीमा सञ्चारकर्मीलाई परेको असरबाट टाढा हुन र जारी समस्या र संकट भन्दा केही फरक तथा मनोरञ्जनका गतिविधिमा संलग्न हुनका लागि प्रतियोगिताले टेवा पुर्याउने विश्वासमा प्रतियोगिताको आयोजना गरिएको बताए । ‘प्रतियोगिताले लामो समयपछि सञ्चारकर्मीलाई एउटै ठाउँमा भेला गराउनुका साथै आपसी एकता र सद्भाव बढाउनेमा आशा गरेका छौं ।’–उनले भने । कार्यक्रममा सह प्रायोजक हाइ लाईफ फुड्सका अध्यक्ष पंकज ज्ञवाली, रोटरी क्लब अफ रुपन्देहीका निर्वतमान अध्यक्ष सुरज खत्री, ग्लोबल मिडिया ग्रुपका एचआर तथा पिआर प्रमुख प्रदिप नेपाल, मिडिया पार्टनर बुटवल टुडे दैनिकका विश्वास ढकाल र राज्य टेलिभिजनका यमलाल भुषालले सुझाब सहितको भनाई राखेका थिए ।

जिल्लाभरका विभिन्न सञ्चार गृहमा आवद्ध तथा जिल्लामा क्रियासिल सञ्चारकर्मीहरु बीच हुने प्रतियोगितामा २० वटा टिमको सहभागीता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक डि.बी. सुस्लिङले बताए । प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उप विजेताले १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत रुपमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । तिलोत्तमा–५ मा अवस्थित यूनिक फुटसलमा हुने प्रतियोगिताका लागि करिब ४ लाख खर्च अनुमान गरिएको उनले बताए । प्रतियोगिताको राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ । कार्यक्रमको संचालन पत्रकार सञ्जु पौडेलले गरेकी थिइन् ।

 

प्रकाशित मिति : मंगलबार, पुष २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij