काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह आवद्ध अनेरास्ववियूले संसद विघटनको विरुद्धमा बुधबार दिउँसो लालटिन जुलुस निकालेको छ ।
अनेरास्ववियूको केन्द्रीय कमिटीले बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा लाल्टिन जुलुस निकालेको हो ।
अनेरास्ववियूको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन शुरु गरेको थियो ।
बैठकले मंगलबारदेखि पुस २९ गतेसम्मका लागि देशव्यापी रुपमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
घोषित आन्दोलनका कार्यक्रममा बयलगाढा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीहरुलाई कालो झन्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायत छन् ।
प्रकाशित मिति : बुधबार, पुष २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्