प्रधानमन्त्री ओली धनगढीमा, टायर बालेर विरोध प्रदर्शन

प्रधानमन्त्री ओली धनगढीमा, टायर बालेर विरोध प्रदर्शन

धनगढी – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन् । धनगढीको खुलामञ्चमा नेकपाले आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न उनी शुक्रबार दिउँसो श्री एयरलाइन्सको नियमित उडानमार्फत धनगढी आइपुगेका हुन् ।

प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर गरेर धनगढीमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । प्रधानमन्त्रीको स्वागतका लागि धनगढी विमानस्थलमा नेकपाका नेता, कार्यकर्ताहरू आइपुगेका छन् ।

टायर बालेर प्रदर्शन

प्रधानमन्त्री धनगढी नपुग्दै विरोध सुरु भएको थियो । प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुल्लामञ्चनजिक प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत अनेरास्ववियुले प्रधानमन्त्रीको विरोधस्वरुप टायर बालेको हो । ओलीलाई ६ ठाउँमा कालोझण्डा देखाउने कार्यक्रम रहेको अनेरास्ववियुका एक नेताले बताए ।

प्रकाशित मिति : शुक्रबार, पुष २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij