काठमाडाैं – संसद विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ ।
नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो ।
काठामाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुस सहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तक सहित विरोधपत्र पठाएको छ । नेकपा काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सावित्रा भूसालले केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताइन् ।
संविधानको पुस्तक पठाउन नेताहरु प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा संघर्ष गरौं लेखिएको ब्यानर सहित काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए ।
प्रकाशित मिति : शुक्रबार, पुष २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्