काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा गर्दै छ ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले आज प्रदेशसभाको सबै निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा गर्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयले जनाएअनुसार देशभर ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रदर्शनलाई सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका नेताहरूले सम्बोधन गर्ने छन् ।
पुसको १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेअनुसार कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।
सोही बैठकले आगामी माघ ३ गते शनिबार देशैभरका ७५३ पालिकाहरूमा र माघको ८ गते ६ हजार ७४३ वडाहरूमा विरोध प्रदर्शन एवं सभाको आयोजना निर्णय गरेको छ ।
प्रकाशित मिति : शनिबार, पुष २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्