प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्रीले समसामयिक पछिल्लो राजनीतिक परिस्थिती बारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

संसद विघटनपछि राजनीतिक रुपमै पार्टी दुई खेमामा विभाजित हुनुका साथै उक्त कदम असंवैधानिक भएको भन्दै पार्टी भित्र र बाहिरबाट चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। बैठकमा प्रधानमन्त्री ओलीले  थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले “विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्।

प्रकाशित मिति : आइतबार, पुष २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij