ओली सरकार भ्रष्टाचारी र तानाशाहीको नुमना हो : नेता शाह

ओली सरकार भ्रष्टाचारी र तानाशाहीको नुमना हो : नेता शाह

बुटवल-नेपाली काँग्रेसका नेता भरतकुमार शाहले प्रधानमन्त्री केपि शर्मा ओली तानाशाही र भ्रष्टाचारमा सबैभन्दा अगाडी रहेको बताएका छन । प्रतिनिधि सभा बिघटनका बिरुद्ध नेपाली काँग्रेसले गरेको रुपन्देही क्षेत्र नं. ५ को ख को बिरोध सभालाइ शनिबार सम्बोधन गर्दै नेता शाहले सो कुरा बताएका हुन । बिघटित प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापती समेत रहेका नेता शाहले कम्युनिष्ट सरकारकै तजविजमा देशमा ठुल्ठुला भ्रष्टाचारका घटना भएको र त्यसमा संंलग्नलाइ प्रम ओलीले नै संरक्षण गरेको बताए ।
पुर्व अर्थराज्य मन्त्री समेत रहेका नेता शाहले ओलीलाइ भस्मासुर भन्दै राष्ट्रपति भण्डारी समेत प्रम ओलीको खल्तीको मान्छे बनेर प्रयोग भएको उल्लेख गरे । संसद बिघटन गर्ने प्रम ओलीको असंवैधानिक कदमलाइ सर्वोच्चले सच्याउने आशा लिएको उल्लेख गर्दै उनले आवश्यक परे चुनावमा जान पनि नेपाली काँग्रेस तयार रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाको संसदिय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले जनताको अधिकार र संविधान रक्षा नपाली काँग्रेसले मात्रै गर्न सक्ने बताए । उनले कम्युनिष्ट सरकारका मन्त्री र नेताहरु केन्द्र देखि प्रदेश र स्थानीय तह सम्मै भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको भन्दै देश र जनताको हितकालागि नेपाली काँग्रेसको बिकल्प नभएको बताए ।
क्षेत्र नं. ५ ख का सभापती बिन्दुराम यादवको अध्यक्षतामा भएको बिरोध सभामा क्षेत्रीय सभापती वसिउल्लाह मुसलमान,महासमिति सदस्य सदरुद्धिन मुसलमान,लुम्बिनी साँस्कृतिक नगरपािलकाका सभापती मोहम्मद सइद खान,शेषमन यादव, मोहम्मद सइद शेख,राजेन्द्र जयसवाल, रामभवन यादव लगायतले बोल्दै ओली सरकार गरिब र किसानमारा सरकार भएको भन्दै जनताले यो सरकारको बिकल्प खोजेको बताए ।

 

प्रकाशित मिति : आइतबार, पुष २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij