काठमाडौँ – आज (आइतबार) सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएकाे शुक्रबार ९५ हजार ३ सयमा काराेबार भएकाे छापावाला सुन आज २ हजार ३ सयले घटेर प्रतिताेला ९३ हजारमा काराेबार भइरहेकाे छ ।
यस्तै तेजाबी सुनकाे मूल्य आज ९२ हजार ५ सय ताेकिएकाे छ । शुक्रबार तेजाबी सुन ९४ हजार ८ सयमा काराेबार भएकाे थियाे ।
आइतबार चाँदीको मुल्य पनि घटेकाे छ । महासंघका अनुसार आज चाँदी ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, पुष २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्