प्रतिनिधि सभा पुनर्स्थापना हुनै सक्दैन : प्रधानमन्त्री

प्रतिनिधि सभा पुनर्स्थापना हुनै सक्दैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने बताएका छन् । आफूले संविधानको धारा ७६ को ७ मा टेकेर विघटन गरेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आइतबारबाटै अन्त्य हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको पुनर्स्थापना हुन सक्दैन ।  संविधानअनुसार भएको काम हो यो । मैले धारा ७६ को ७ मा टेकेर विघटन गरेको हुँ ।’

यस्तै ओलीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा विघटन भइसकेको सभा पुनर्स्थापना हुन नसक्ने बताए । ६४ प्रतिशत आफूसँग भएको बताउँदै ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुनुको यथार्थ कारण हुनुपर्ने पनि बताएका छन् । ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने म हुँ । यसकै हैसियतले मैले प्रतिनिधि सभा विघटन गरेका हुँ ।’

यस्तै ओलीले भारतले मिचेको नेपाली भूमि अब नेपालले छिट्टै भोगचलन गर्न पाउने बताएका छन् । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : आइतबार, पुष २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij