प्रधानमन्त्री संघयिता विरोधी हुन् : जसपा अध्यक्ष ठाकुर

प्रधानमन्त्री संघयिता विरोधी हुन् : जसपा अध्यक्ष ठाकुर

 

बुटवल-जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अदालतको निष्पक्षता र न्याय निरुपणमा पूर्ण विश्वास रहेको बताएका छन् । प्रेस नेपालले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले प्रतिनिधि सभा विघटनसमबनधी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतप्रति पुर्ण विश्वास गर्दै पर्ख र हेरको स्थितिमा रहेको बताएका हुन् । ‘हामी पर्ख र हेरको स्थितिमा छौं’–ठाकूरले भने–‘अदालतप्रति पूर्ण विश्वास छ,त्यसैले अगाडिको रणनीति त्यसपछि मात्र निधाृरण गरिनेछ ।’ तत्कालीन मधेशवादी दलहरुसंग गरिएका सहमति उल्लंघन गरेर संविधान बनाइएकाले आफ्नो पार्टीले शुरुदेखि नै संविधान त्रुटिपूर्ण छ भन्दै संशोधन हुनुपर्ने माग राख्दै आएको ठाकुरले स्मरण गरे । प्रतिनिधि सभा विघटन असामयिक र संविधान विपरित भएकाले यसविरुद्ध आफ्नो पार्टीले सबैभन्दा पहिले आन्दोलन शुरु गरेको र विरोधमा जनताको व्यापक सहभागिता भएबाट आन्दोलन सफल भएको अध्यक्ष ठाकुरले दावी गरे । संसद पुनःस्थापना नभएर चुनावमा जानु परे पार्टी तयार रहेको ठाकुरले स्पष्ट पारे । ‘हामी चुनावबाट भाग्दैनौं’–ठाकुरले भने–‘यस विषयमा पार्टीमा एकमत छ ।’

प्रधानमन्त्री ओली संघीयता विरोधी भएको आरोप लगाउंदै ठाकुरले हालको संघीय संरचनाप्रति पार्टीको असहमति कायमै रहेको बताए । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र राज्य पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा प्रदेशहरुको सीमाकंन र नामांकन हुनुपर्ने आफूहरुको माग यथावत रहेको ठाकुरले बताए । ‘ओलीजी शुरुदेखि नै संघयिता विरोधी हो,हामीले मधेशमा वहिस्कार पनि गरेको हो’–ठाकुरले भने–‘अहिलेको सरकार पनि संघीयता विरोधी छ।’ जसपा केन्द्रीय सदस्य देबेन्द्र पाण्डे सागरको अधयक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका कार्यकारी सदस्य एवं पुर्व मन्त्री सर्वेन्द्रनाथ शुक्ला,केन्द्रीय सदस्य डा. सुरेन्द्र झा लगायतले पनि आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : आइतबार, पुष २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij