काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चरित्र अधिनायकवादी र निरंकुश कदम ठहर गर्दै त्यस प्रकारको कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।
पेरिसडाँडमा बसेको बैठकले यस्तो चेतावनी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्रलाई अधिनायकवादी र निरंकुश चरित्रको रुपमा लिँदै त्यस प्रकारको कार्य रोक्न निर्देशन दिएको छ,’’ बैठकको निर्णय सुनाउँदै श्रेष्ठले भने ।
चार जना पूर्वन्यायाधीशहरुले जारी गरेको वक्तव्यप्रति ओलीले अपमान र धम्क्याउने काम गरेको भन्दै भर्त्सना गरेको पनि श्रेष्ठले बताए । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सरकारी सञ्चारमाध्यम गुटको पर्चा जस्तो बनिरहेको भन्दै भर्त्सना गरेको छ । गुटको काम बन्द गर्न माग पनि गरेको प्रवक्ता श्रेष्ठले बताए
प्रकाशित मिति : आइतबार, पुष २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्