काठमाडौं– सोमबार (आज) पूर्व, मध्य तथा पश्चिमका केही भागमा आंशिक बदली भइ देशका अरु क्षेत्रको मौसम सामान्य रुपमा सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविद्हरुले बताएका छन् । हाल प्रदेश नं. १ र प्रदेश नं. २ का केही क्षेत्रमा आंशिक बदली भएको छ । दिउँसो प्रदेश नं. १, प्रदेश नं. २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
यसैबीच देशको विभिन्न भू–भागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हले बताएका छन् ।
प्रकाशित मिति : सोमबार, पुष २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्