संसद विघटको विरोधमा आज नागरिक सभा गरिंदै

संसद विघटको विरोधमा आज नागरिक सभा गरिंदै

कृष्ण पहाडी लगायतले संबोधन गर्ने

काठमाडौं – संसद विघटनको विरोधमा नागरिक अगुवाहरूले मंगलबार (आज) नागरिक सभा गर्दैछन् ।

प्रधानमन्त्री ओलीको कदमलाई ‘प्रतिगमन’ ठहर गर्दै उनीहरुले त्यसको विरोधमा प्रज्ञा प्रतिष्ठानको डबलीबाट ‘नागरिक सभा’ मार्फत विरोध गर्ने भएका हुन् ।

सभालाई नागरिक नागरिक अगुवा कृष्ण पहाडी, अगुवाहरूले सम्बोधन गर्ने भएका हुन् ।

सभामा पहाडीसहित नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सडक विस्तारविरोधी अभियन्ता विद्या श्रेष्ठ, मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठ लगायतलाई वक्ता राखिएको छ ।

आन्दोलनमा नागरिक अगुवाका साथै लेखक, सञ्चारकर्मी, अधिकारकर्मी, रंगकर्मी, कवि, प्राध्यापक, कलाकार लगायतको सहभागिता हुने र सबैलाई समेटेर अघि बढ्ने तयारी गरिएको आयोजकले बताएका छन् ।

संसद विघटन भएपछि त्यसको विरोधमा नागरिक आन्दोलनले माइतीघर मण्डलमा प्रधानमन्त्री ओलीको कदम विरुद्ध प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij