काठमाण्डाै – विवेकशील पार्टीले मङ्गलबार माइतीघर मण्डलमा प्रतिनिधि सभा विघटनको विरोधमा दाँत माझेर प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हाे ।
यसैबीच विवेकशीलले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा थुक्दै भाषण गरेकोप्रति पनि असन्तुष्टि जनाएको छ । सार्वजनिक शिष्टताको समेत ख्याल नगरि प्रधानमन्त्री ओलीले व्यवहार देखाएको विवेकशील पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विवेकशीलले बुधबार (भोलि) २४ औँ दिन पनि बिहान साढे १० बजे माइतीघर मण्डलमा प्रदर्शन गर्ने जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्