काठमाडौं – सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले नभइ प्रधानमन्त्री केपी शर्मा ओली त्यागेकाे आरोप लगाएका छन् ।
मंगलबार पोखरामा भएको बृहत् कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै अध्यक्ष दाहालले साे कुरा बताएका हुन् । ‘मदन भण्डारीले प्रतिपादन गर्नुभएकाे जनताको बहुदलीय जनवादको कार्यदिशा ओली नै त्यागेका हुन्, माधव नेपालले हाेइन । ओलीसँगकै छलफलमा जबजलाई छोडेर समाजवाद उन्मुख जनताको जनवादमा सहमति भएकाे हाे’, प्रचण्डले भेलामा भनेका छन् ।
यस्तै उनले नेकपा विभाजनपछि ओलीकाे समर्थनमा रहेका पूर्व माओवादीहरुमाथि समेत प्रश्न उठाएका छन् । ‘ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्नुभएछ जनयुद्धलाई कुहेको फर्सी हो भनेको कसरी सुनेर बस्न सकेका हाेलान् साथीहरू ?’, प्रचण्डकाे प्रश्न छ ।
प्रकाशित मिति : मंगलबार, पुष २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्