काठमाडाैं – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आज (बुधबार) सुनुवाइ हुँदैछ । मुद्दा सुनुवाइका लागि ताेकिएकाे संवैधानिक इजलास बुधबार पुनर्गठन गरिएकाे छ, जसमा न्यायाधीश हरिकृष्णकाे ठाउँमा सपना मल्ल प्रधानलाई राखिएकाे छ ।
गएको बुधबारदेखि नै यी रिटमाथि सुनुवाई सुरु हुने भनिएकाे थियाे । तर सुनुवाइका लागि ताेकिएकाे संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको सहभागीतालाई लिएर आपत्ति जनाएका थिए । न्यायधिश कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानूनी सल्लाहकार रहेकाे भन्दै अधिवक्ताहरूले संवैधानिक इजलासमा उनकाे सहभागीतालाई आपत्ति जनाएका हुन् । अधिवक्ताहरूले प्रश्न उठाएपछि उनले इजलासमा नबस्ने घाेषणा गरेका थिए ।
उनी इजलासमा नरहने भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा उनकाे ठाउँमा न्यायाधीश सपनालाई राखेका हुन् । इजलासमा अन्य न्यायधिशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । संसद विघटनपछि उक्त कदम असंवैधानिक भएकाे भन्दै सर्वाेच्चमा एक दर्जन बढी रिट दायर भएकाे थियाे ।
प्रकाशित मिति : बुधबार, पुष २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्