कोरोनाविरुद्धको खोप किन्न सरकारले माग्याे सहयाेग

कोरोनाविरुद्धको खोप किन्न सरकारले माग्याे सहयाेग

काठमाडाैं – काेराेनाविरूद्धको खाेप खरिदका लागि सरकारले दाताहरूसँग सहयाेग मागेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै काेभिड १९ खाेपका लागि खाेप काेष खडा गरिएकाे र त्यसमा याेगदान गर्न आह्वान गरेको छ । ‘काेराेना खाेप प्राथमिकताका आधारमा न्यायाेजित वितरण प्रणाली मार्फत् लक्षित समूहरूलाई नि:शुल्क उपलब्ध गराउन सरकारबाट आवश्यक तयारी भइरहेकाे छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ–‘नि:शुल्क खाेप उपलब्ध गराउन ठुलाे रकम आवश्यक भएकाले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र पराेपकारी संस्थाहरूलाई खाेप काेषमा याेगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ ।’

काेषमा याेगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमकाे परिचालन र खर्चकाे समिक्षा गरिने समेत मन्त्रालयले जनाएकाे छ ।

सूचना :

नेपाल सरकारले कोरोनाविरुद्धको खोप खरिदका आर्थिक संकलन गर्न ‘खोप कोष’ को स्थापना गरेको छ । सरकारले एक सार्वजनिक सूचना नै जारी गरेर कोषमा योगदानतार्थ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको छ ।

कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने भन्दै यससम्बन्धी सहयोगका लागि अग्रसरता लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषको आय व्यय सरकारले अबलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनुका साथै लेखा परीक्षण प्रचलित कानुम बमोजिम गरिने उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार हाल परीक्षण भएका कोरोनाविरुद्धको खोप प्रभावकारी भइरहेको अवस्थामा लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउन ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक सहयोग आह्वान भएको हो ।
मन्त्रिपरिषद्को पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोष खडा गर्नका लागि स्वीकृति दिएको बताइएको छ । सहयोग गर्न चाहनेले कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सक्नेछन् ।

प्रकाशित मिति : बुधबार, पुष २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij