मुख्यमन्त्री कार्यालयअगाडि अखिलको प्रर्दशन

मुख्यमन्त्री कार्यालयअगाडि अखिलको प्रर्दशन

सगरमाथाको विषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मिडिया जी न्युज नेपालमा बन्द गर्नुपर्ने माग

बुटवल – सरकारले प्रतिनीधि सभा विघटन गरेको विरोधमा बुधबार पनि बुटवलमा मुख्यमन्त्री कार्यालयअगाडी प्रदर्शन गरिएको छ । नेकपा दाहाल–नेपाल समूहको अनेरास्ववीयूले मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको हो ।

सगरमाथाको विषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मिडिया जी न्युज नेपालमा बन्द गर्नुपर्ने मागसमेत विद्यार्थीहरूले गरेका छन् । जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवलस्थित मुख्यमन्त्रीको कार्यालयअगाडि विद्यार्थीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य अनुप पोखरेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली भारतीय इशारामा चलेको प्रस्ट देखिएको छ । नेपालको प्रधानमन्त्री भन्न पनि लाज लाग्न थालेको छ ।’  जसले नेपालको अखण्डतामाथि धावा बोल्यो तिनै सुधीर चौधरी र जी न्युज टिमलाई बोलाएर प्रधानमन्त्रीले शीर झुकाउने काम गरेको उनको आरोप छ ।

‘बालुवाटारमा हामीले तिरेको करबाट भोज खाएका चौधरीले सगरमाथा बेस क्याम्प पुगेर  नेपाल र नेपालीको स्वाधिनतामाथि मिडियामार्फत् आक्रमण गरेका छन्,’ उनले भने । विद्यार्थीहरूले नेपालको भौगोलिक अखण्डताविरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताए । उनीहरूले प्रतिनिधि सभा बिघटन खारेज गर, संविधान मिच्न पाइदैन, असंवैधानिक कदम खारेज गर, महँगी तथा भ्रष्टाचार अन्त्य गर, संविधान कुल्चिनु पाइदैन, जनमतको अपमान गर्न पाईदैनलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : बुधबार, पुष २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij