आन्दोलनलाई थप सशक्त बनाउन दाहाल–नेपाल समूहको स्थायी समिति बैठक बस्दै

आन्दोलनलाई थप सशक्त बनाउन दाहाल–नेपाल समूहको स्थायी समिति बैठक बस्दै

काठमाडौं – राजनीतिक रुपमा टुक्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको समूहको स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ ।

बैठक दिउँसो ३ बजे जनसंगठनको कार्यालय, पेरिसडाँडामा बस्ने स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । ‘हाम्रो पार्टीको बैठक आज बस्दैछ’,  बागमती प्रदेशकी इन्चार्जसमेत रहेकी शाक्यले भनिन्, ‘हामी दिउँसो ३ बजे भेटेर विभिन्न विषयमा छलफल गर्नेछौँ ।’

बैठकमा खासगरी सांगठानिक स्वरुपलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । यसअघि गत १९ पुषमा बसेको समितिको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले पार्टीभित्रको जिम्मेवारीलाई टुंगोमा पुर्याउने शाक्यले बताइन् ।

आज उक्त कार्यदलको कार्य अधिकार र पार्टीभित्रको जिम्मेवारीका विषयमा खास रुपमा छलफल हुने शाक्यले बताइन् । उनले भनेकी छन्, ‘हाम्रो सांगठानिक विषयमाथि खास रुपमा छलफल हुनेछन् ।’

यस्तै शाक्यका अनुसार दास्रो चरणअन्तर्गतको आन्दोलनलाई कसरी थप शसक्त बनाउने भन्ने विषयमासमेत छलफल केन्द्रित हुने हुनेछ ।

गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालको राष्ट्रिय राजनीति सडककेन्द्रित भएको छ भने दुवै नेकपाले आ–आफ्नो तौर–तरिकाबाट पार्टी समितिहरुको बैठक बोलाइरहेको छ ।

प्रकाशित मिति : बिहिबार, माघ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij