‘चुनावको माहौल बनाउनुस्’:प्रधानमन्त्री ओली

‘चुनावको माहौल बनाउनुस्’:प्रधानमन्त्री ओली

काठमाडौं – प्रतिनिधि सभा विघटन भएपछि ‘कामचलाउ’ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका स्थायी समिति सदस्यहरुलाई चुनावको माहौल बनाउन निर्देशन दिएका छन् ।

बिहीबार माघे संक्रान्ति मनाउन भनेर बालुवाटार बोलाइएका सदस्यहरुलाई ओलीले १७ र २७ बैशाखमा तय भएको आम चुनावको माहौल बनाउन निर्देशन दिएका हुन् ।

संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ्गका अनुसार प्रधानमन्त्री ओलीले आ–आफ्नो क्षेत्रमा चुनावी माहौल बनाउन निर्देशन दिएका हुन् । उनका अुनसार भेटमा सर्वोच्चमा परेको रिटको सुनुवाइको विषयमासमेत साधारण छलफल हुनेछ ।

बुधबार मात्रै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर चुनावका आगामी कार्यक्रम अघि नबढाउन आग्रह गरेका थिए । जवाफमा आयोगले सर्वोच्च अदालतले निर्देशन दिएको खण्डमा थप कार्यक्रम अगाडि नबढाउने बताएको थियो ।

यसअघि हिजै दुवै नेकपाले आफू आधिकारिक भएको दाबी गर्दै आयोगमा पत्र पठाएका छन् । २१ पृष्ठ लामो पत्र आयोग पठाएका ओलीले अरुको सामग्रीलाई अभिलेखीकरण नगर्न आग्रसमेत गरेका छन् भने आफैँ आधिकारिक नेकपाको अध्यक्ष रहेको बताएका छन् ।

यता दाहाल–नेपाल पक्षले पनि आफूहरुसँग बहुमत सदस्यहरु भएको बताउँदै आफूहरु वैधानिक भएको दाबी गरेको छ ।

प्रकाशित मिति : बिहिबार, माघ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij