दाङ – आजदेखि प्रधानमन्त्री कप अन्तर्गत एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।
दाङमा महिलाको पीएम कप गरेको नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ ।
त्रिवि मैदानसँगै मूलपानी क्रिकेट मैदानमा पनि हुने प्रतियोगिता आउँदाे माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमकाे सहभागिता रहने क्यानले जनाएको छ ।
क्यानले प्रतियोगितामा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, माघ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्