काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारको प्रदर्शनमा सक्रिय सहभागी जनाउन आह्वान गरेका छन् । प्रदर्शनको पूर्वसन्ध्यामा शुक्रबार एक विज्ञप्ति जारी गर्दै देउवाले सक्रिय सहभागिता जनाउन आह्वान गरेका हुन् ।
‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’, देउवाले विज्ञप्तिमार्फत् भनेका छन् ।
गत १३ पुषमा १६५ निर्वाचन क्षेत्रमा र २५ पुषमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।
यसअघि गत बुधबार संयुक्त आन्दोलनमा उत्रिने आग्रह लिएर आफ्नो निवास आएका एक चिरा नेकपाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई देउवाले आफूहरु एक्लैले संघर्ष गर्ने बताएका थिए ।
प्रकाशित मिति : शुक्रबार, माघ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्