बुटवल -प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसले गरेको केन्द्रिय सर्कुलर अनुशार रुपन्देहीका १६ वटा स्थानमा विरोध सभाको तयारी पुरा भएको छ । जिल्लाका सबै स्थानिय तहमा केन्द्रिय र जिल्ला नेताहरुको उपस्थितीमा विरोध कार्यक्रमको तयारी भएको जिल्ला सभापती अब्दुल रज्जाकले बताए । उनका अनुशार पार्टिका नेताहरु बालकृष्ण खांण , अर्का नेता भरत कुमार शाह र जिल्ला सभापती अब्दुल रज्जाकसहितका जिल्ला पदाधिकारी क्षेत्रिय र नगरका पदाधिकारहरुले सम्बोधन गर्ने छन् ।
कांग्रेस रुपन्देहीले दिएको जानकारी अनुशार बुटवल उपमहानगरपालिकाको ट्राफिक चोक, सैनामैनानगरपालिकाको बुद्धनगर, तिलोत्तमानगरपालिकाको मणिग्राम, देवदहनगरपालिकाको खैरेनी, सिदार्थनगरपालिकाको भैरहवा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको महिलावार बजारमा विरोध प्रर्दशन र सभाको तयारी गरिएको हो ।
त्यसैगरि रुपन्देहीको रोहिणीगाउपालिकाको पोखरभिण्डी, ओमसतियाको हाटिफर्साटिकर, शुद्धोधनको फर्साटिकर, सियारीको हर्नैया , गैडहवाको मंगालहपुर, कञ्चनगाउपालिकाको हरैया बजारमा कार्यक्रम तय गरिएको छ ।
त्यसैगरि मयादेवी गाउपालिकाको वरकसिया, कोटहीमाईको मजगांवा, मर्चवारीमाईको वडवासिया, सम्मरीमाईको रोहिणीहवा तय गरिएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै त्यसको विरोधमा पुस १३ गते १६५ निर्वाचन क्षेत्र र पुस २५ मा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । विरोध कार्यक्रममा सहभागिताका लागि जिल्लावासी उद्योगी व्यवासयी, मजदुर विद्यार्थी सबैलाई सहभागिताका लागि कांग्रेस रुपन्ेहीले अपिल गरेको छ । नेपाली कांग्रेसले संविधानको व्यवस्था र भावना प्रतिकूल र जनभावना विपरितको कार्यमा नेपाली कांग्रेस एकमतले उभिने उल्लेख गर्दै विरोध प्रदर्शनमा ऐक्यवद्धता जनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्