यी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

यी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

 

whatsapp sharing button

काठमाडौं । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ ।

  • यस्तो छ दुई दिनको पूर्वानुमान

माघ ३ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

माघ ४ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : शनिबार, माघ ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij