नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु

नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु

एजेन्सी – नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेक कम्पनी मिलेर बनाएको कोरोनाविरुद्धको उक्त खोप लगाएका १३ जनाको खोप लगाएको केही समयमै साइड इफेक्ट देखिएको र उपचारको क्रममा मृत्यु भएको नर्वेको पत्रिका दी लोकलले जनाएको छ ।

यस्तै १० जनाको पनि खोप लगाएको केही घण्टामै मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा अधिकांश ८० वर्ष उमेर समूहका रहेका छन् भने त्यस्ता व्यक्तिहरुको लागि उक्त खोपको प्रयोग उच्च खतरनाक रहेको समाचारमा उल्लेख गरिएको छ ।

सामान्य ज्वरो आएका व्यक्तिलाई केही मात्र असर देखिएपनि गम्भीर अवस्थाका बिरामीलाई भने खोप घातक रहेको नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले बताएका छन् ।

यस्तै चिकित्सक हार्टेमोले खोपको स्वरुप परिवर्तन गरिएको बताएका छन् । खोप निर्माता फाइजरले घटनाबारे नर्वे मेडेसिन एजेन्सीसँगको समन्वयमा अनुसन्धान भइरहेका जनाएको छ ।

प्रकाशित मिति : आइतबार, माघ ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij