नेपालमा भित्रियाे नयाँ स्वरुपको कोरोना, सावधानी अपनाउन अनुराेध

नेपालमा भित्रियाे नयाँ स्वरुपको कोरोना, सावधानी अपनाउन अनुराेध

काठमाडौं – नेपालमा नयाँ स्वरुपको कोभिड–१९ भित्रिएको पुष्टि भएको छ । पुस पहिलो हप्ता बेलायतबाट आएका तीन जनामा परिवर्तित स्वरुपको कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुमा पुस १३ गते कोभिड १९ पुष्टि भएपनि त्यो नयाँ स्वरुपको हो कि होइन भन्ने परीक्षणका लागि उनीहरुको स्वाबको नमूना हङकङ पठाइएको थियो । इमेलमा प्राप्त नमूनाकाे रिपाेर्टमा नयाँ स्वरुपको भाइरस भएको पुष्टि भएको मन्त्रालयले आइतबार पुष्टि गरेको हो ।

२८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ स्वरुपको भाइरस पुष्टि भएको हो ।

उनीहरुमध्ये दुईजना कोभिड मुक्त भइसकेको र ६७ वर्षीय पुरुषमा भने अझै संक्रमण रहेको पनि मन्त्रालयले जनाएको छ । उनमा कोभिड १९ को कुनै लक्षण नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले कोभिड १९ को जोखिम कम गर्न भीडभाडमा नजान जानैपरे कम्तीमा दुई मिटर दूरी कायमै राख्न पटकपटक साबनुपानीले हात धुन तथा बाहिर निस्कँदा मास्क लगाउन अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : सोमबार, माघ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij