बुटवल-रुपन्देहीको मर्चवारमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मर्चवार स्थित मायादेवि गाँउपालिका ७ गरगट्टीको खेतमा शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आशंका गरेको छ ।
अन्दाजी ३५ बर्षको जस्तो देखिने युवकको शव खेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलले बताए । घटनाको अनुशन्धान भइरहेको उनले जानकारी दिए । शवको पहिचान भइसकेको छैन । दानव नदि नजिकै खेतमा शरीर जलेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । सिमा क्षेत्र नजिकै हत्या गरीएको अवस्थामा शव भेटिएपछि प्रहरीले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर झिकाएर अनुशन्धान अगाडी बढाएको छ । घटना स्थलमा प्लाष्टिकको पाइप र रगतका छिटा भेटिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, माघ ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्