काठमाडौँ- नेपाली कांग्रेसले देशभरका सबै वडा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा आज प्रदर्शन गर्न लागेको हो ।
संसद विघटनको कदमलाई असंवैधानिक भनेको कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।
कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपील गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपील गरेका हुन् ।
यता रुपन्देही जिल्लामा पनि तयारी पुरा गरिएको छ । बुटवलमा दिउँसो ३ बजे नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको नगरसभापति खेलराज रेग्मीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, माघ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्